हेटाैंडा– मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ६, ७ र ८ मा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको नविकरण तथा तथा भेला सम्पन्न भएको छ । कांग्रेसका वडा सभापति ओमनाथ पराजुलीको सभाध्यक्षता र नेपाली कांग्रेसका जिल्ला सदस्य भीमसेन महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता महतले नेपाली कांग्रेसको गज बलियो बनाउनुपर्ने बताउनुभयाे । उनले कांग्रेसको जग भनेकै क्रियाशिल सदस्यहरु भएको समेत बताउनुभयाे । भेलामा उपस्थित क्रियाशिल सदस्यहरुको नविकरण र नयाँका लागि विवरण संकलन गरी जिल्लामार्फत् केन्द्रमा पठाउने निर्णय गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस संघीय क्षेत्र नम्बर १ का सभापति एवम् बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, बागमती गाउँपालिकाका सभापति भक्तबहादुर राई, गाउँपालिकाका उप–सभापति डमरबहादुर विश्वकर्मा, शिक्षक संघका जय नेपाल, सक्रिय सभापति डिल्लीप्रसाद घोरासैनी लगायतकाले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।