मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् शैक्षिक सहयोग अक्षयकोषका अध्यक्ष रघुनाथ खुलालले शैक्षिक सहयोग अक्षय कोष मकवानपुरसँग जोडिन सबैलाई आग्रह गर्नुभएको छ । नेल्टा मकवानपुर एवम् बागमती प्रदेशका पदाधिकारीहरुसंग बुधबार भएको छलफलका क्रममा उहाँले शैक्षिक क्षेत्रमा योगदान गर्ने उदेश्यका साथ स्थापना भएको संस्थामा जोडिन आग्रह गर्नुभयो ।

विपन्न र अभिभावक विहिन बालबालिकाको शिक्षामा पहुँच बढाउने, शैक्षिक स्ंस्थाको पुर्वाधार विकास र शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग गर्ने, शैक्षिक गुणस्तरमा बृद्धि गर्ने र अनाथ, असाहाय एवम् विस्थापित र जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच पुर्याउने उदेश्यका साथ नागरिक स्ततरबाट स्थापित संस्थामा सहभागि भएर शैक्षिक क्षेत्रमा योगदान गर्न उहाँले आग्रह गर्नुभयो ।
सो क्रममा संस्थामा सदस्यता बृद्धिका लागि आज नेल्टा मकवानपुरसंग छलफल गरिएको हो । छलफलका क्रममा संस्थाका अध्यक्ष खुलाल र सचिव बद्री बहादुर पाठकले नेल्टाका पदाधिकारीलाई संस्थाका बारेमा जानकारी गराउनुभएकाे थियाे । छलफल पश्चात आजै नेल्टाका ५ जना सदस्यले अक्षयकोषको आजीवन सदस्यता लिनुभएको छ । साथै नेल्टा मकवानपुरले उक्त अक्षयकोषको संस्थागत सदस्यता लिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । सदस्यता लिँदै उहाँहरुले शैक्षिक क्षेत्रमा योगदान गर्न अक्षयकोष राम्रो माध्यम बन्ने बताउनुभयाे । नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको संयोजनमा आयोजित छलफलमा महासचिव किशोर पराजुली, कोषाध्यक्षसृजना पौलेल, नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाई, सचिव उत्तम आचार्य, कोषाध्यक्ष केशव थापा, सचिव उत्तम अर्याललगायतका नेल्टाका सदस्यहरुको उपस्थिती थियो ।