विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउँदै हुनुहुन्छ । महानिर्देशक गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उहाँले परराष्ट्रमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसँग पनि भेट गर्नुहुने छ ।