मकवानपुर – न्यू मिडिया एकेडेमी एकेडेमी प्रालिले मकवानपुरका पत्रकारहरुलाई प्रदान गर्दै आएको ‘हेटौँडा जर्नालिजम अवार्ड’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरेर तेस्रो तथा चौथो ‘हेटौँडा जर्नालिजम अवार्ड’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष मणिराज गौतमले कोरोनाका कारण गएको दुई वर्ष रोकिएको अवार्ड कार्यक्रम आगामी बैशाख १० गते हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलन मार्फत उहाँले विभिन्न विधामा क्रियाशील मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड प्रदान गरिने जानकारी दिनुभएको छ ।
यस वर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड (पुरुष तथा महिला) खोज पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम रेडियो पत्रकारिता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड, आर्थिक पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट नवप्रवेसी पत्रकारिता वर्ष अवार्ड (महिला तथा पुरुष), उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड प्रदान गरिनेछ । २०७७ र २०७८ सालभित्रको कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य मुल्याङ्कन टोली समेत चयन गरिएको उहाँले बताउनुभयो । यस्तै अवार्ड कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षलाई सम्मान गर्ने जनाइएको छ ।
मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा र हौसला जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक श्रीराम अर्जुनले बताउनुभयो । यसअघि दुई पटक हेटौंडा जर्नालिजम अवार्ड प्रदान गरिसकेको छ । २०७३ सालमा स्थापना भई बागमती प्रदेशको राजधानी हेटौंडाबाट न्यू मिडिया एकेडेमी प्रालिले सिधाखबर डटकम अनलाईन पत्रिका सञ्चालन गरिरहेको छ ।
Home प्रदेश बागमती प्रदेश हेटौंडा जर्नालिजम अवार्डको तयारी पुरा, १३ जना पत्रकारलाई अवार्ड प्रदान गरिने