file photo

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा यथावत् रहेको हो ।
नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई समेत पछि पारेको छ । नेपालले विश्व वरियतामा १२ औँ स्थान पाएको छ । आयरल्यान्ड १५ औँ स्थानमा छ । नेपाल पछिल्लो १० टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा पराजित भएको छ । नेपाल दुई महिनाअघि ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटमा एक खेल हार्दै सुनौलो मौका गुमाएको थियो । लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले पपुवा न्यु गिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भारत पहिलो र दोस्रो स्थानमा इंग्ल्यान्ड रहेका छन् ।