मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजनामा आज फाउण्डेसनका जिल्ला पदाधिकारी र प्रदेश तथा केन्द्रिय पदाधिकारीबीच छलफल भएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा देशको पछिल्लो राजनैतिक घटनाक्रम र मदन भण्डारी फाउण्डेसनकाे गतिविधिलाई थप चलायमान बनाउने विषयमा छलफल भएको हो ।

छलफलमा फाउण्डेसनकी केन्द्रिय सचिव पेम्वा लामाले मदन भण्डारीको बिचारलाई जनतासम्म पु¥याउन फाउण्डेसनलाई चलायमान बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले फाउण्डेसनलाई चलायमान बनाउन तथा मदन भण्डारीको जबजको सिद्धान्तका बारेमा जनतालाई सुसुचित गर्न केन्द्रिय कमिटीले विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले जबजका बारेमा जनतालाई सुसुचित गर्न फाउण्डेसनले बागमती प्रदेशका सबै जिल्लामा सञ्चारको माध्यमसंगको सहकार्यमा अभियान सुरु गरेको जानकारी दिनुभयो । त्यस्तै फाउण्डेसनको विधान बमोजिम पालिका स्तरीय कमिटी गठन तथा मदन भण्डारीको नाममा पूर्वाधार निर्माणलाई जोड दिएको उहाँले बताउनुभयो । उहाँले जबजको सिद्धान्तलाई युवा पुस्तामा हस्तान्तरणको अभियानलाई केन्द्रले अबलम्बन गरेर काम सुरु गरेको जानकारी दिनुभयो ।
छलफलमा मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष खुलालले जिल्लामा भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले फाउण्डेसनले कोरोना महामारीका बेला खाद्यान्न वितरण गरेको, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विभिन्न सहयोग गरेको साथै अन्य विभिन्न जनमैत्री कार्यहरु गरेको जानकारी दिनुभयो । उहाँले यथासक्य छिटो फाउण्डेसनको जिल्ला अधिवेशन गरेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताउनुभयो । उहाँले जिल्लाका दुईवटा पालिकाले बागमती प्रदेशको सहयोगमा मदन भण्डारीका नाममा ठुला भौतिक सञ्रचनाहरु ीनमाृण गरिरहेको समेत बताउनुभयो । जिल्लाको मनहरी गाउँपालिकामा मदन भण्डारी क्षेत्रीय संगशाला र ईन्द्रसरोवर गाउँपालिकामा मदन भण्डारी मैत्री पार्क निर्माण भईरहेको उहाँले जानकारी दिनुभयो ।
छलफलमा फउण्डेसनका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य दिपक निरौला, फाउण्डेसन प्रदेश सदस्य एवम् बागमती प्रदेश सदस्य जुनेली श्रेष्ठ, नेकपा मकवानपुरका अध्यक्ष एवम् फाउण्डेसनका प्रदेश सदस्य एकलाल श्रेष्ठ, नेकपा जिल्ला सदस्य एवम् जिसस मकवानपुरका सदस्य देवराज रिमाललगायत फाउण्डेसनका जिल्लाका पदाधिकारीहरुको उपस्थिति थियो ।