फाइल तस्विर

हेटाैंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा कोरोना भाइरस भेटिंदैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भईसकेको भन्न नसकिने जनाएको छ । मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कुनैपनि व्यक्ति संक्रमित रहेकै अवस्थामा वा निको भईसकेपछि पनि ढलको पानीमा भाइरसको टुक्राहरू भेटिन सक्ने बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने सम्भावना नरहेको समेत जानकारी दिनुभयो । ढलको पानीमा रहेका जिवाणु र विषाणुको मात्रा निर्धारण गरी समुदायमा कोरोना भाइरस संक्रमण कुन अवस्थामा छ भन्ने बुझ्न सकिने भएपनि यसलाई पुरक विधिका रुपमा मात्रै लिन सकिने प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । यसैगरी मन्त्रालयले कुनै पनि व्यक्ति क्वारेन्टाईन बस्नु अगाडि र क्वारेन्टाईन बाट घर फर्कनु पूर्व अनिवार्य स्वास्थ्य परीक्षण गरी मन्त्रालयलयमा त्यसको विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।