हेटौंडा/बैशाख १९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले ७ नम्बर वडा कमिटीले समृद्ध वडा निर्माण गर्ने परिकल्पना सहित प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ । सोमबार नाग्श्वतीमा वडा भेलाको आयोजना गर्दै एमालेले १३ वटा क्षेत्र पहिचान सहित विकासको प्रतिवद्दता अघि सारेको छ । प्रतिवद्दता पत्र सार्वजनिक गर्दै पुर्व वडा अध्यक्ष तथा वडा अध्यक्षका उम्मेदवार राजन थापाले गएको ५ बर्षमा प्रतिवद्दता गरिएका करिब ९० प्रतिशत कामहरु सप्पन्न गरेको बताउनुभयो । यस्तै अघिल्लो कार्यकालमा पूरा हुन बाकी कामलाई पुर्णता दिदै नयाँ योजना सहित वडालाई विकसित,समृद्ध र वडालाई सुन्दर बनाउने गरि एमालेको दृस्ठिकोण नीति तथा कार्यक्रम र योजनालाई पूरा गर्ने वडाबासीमा प्रतिवद्दता व्यक्त गर्नुभयो । यस्तै वडा अध्यक्षका उम्मेदवार थापाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । यस्तै खेलकुद, सडक तथा पुर्वाधार, धार्मिक पर्यटन टथा सास्कृतिक, स्वास्थ, कृषि, खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।

No description available.

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बलराम बलले राष्ट्र, रास्ट्रीयता र विकासको लागि एमालेलाई मतदान गर्न वडाबासिमा आग्रह गर्नुभयो । यस्तै एमालेलाई हराउने एकमात्र लक्ष्य बोकेर अघि बढिरहेको गठबन्धनले मतदाताहरुमा भ्रम फैलाउने, पैसाको प्रलोभन देखाउने तथा मतदातालाई त्रसित बनाउने भएकाले एमालेका युवा तथा खेलाडीलाई समाजमा भैरहेको गतिविधिमा विशेष निगरानी राख्न र प्रतिवाद गर्न समेत आग्रह गर्नुभयो ।
यस्तै एमाले नेता श्रीधर पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा एमालेले मात्रै गर्ने भन्दै आफुलाई कम्युनिस्ट ठान्ने समाजवादी काङ्ग्रेसको पुच्छर भएको टिप्पणी गर्नुभयो ।काङ्ग्रेसको सबैकुरा मान्नेर अघिबढिरहेकोले नेकपा समाजवादी एस नभैइ काङ्ग्रेसले भनेको मान्नी पार्टीमा परिणत भएको निश्कर्श सहित आफुले जिल्लामा निर्माण गरेको नेकपा एस परित्याग गरि एमालेमै फर्किएको बताउनुभयो ।
नेकपा एमाले ७ नम्बर वडा कमिटीका अध्यक्ष कुलप्रसाद त्रीपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख ध्रुब प्रसाद चौलागाईं, जिल्ला सदस्य सुबोध रिमाल, वडा सदस्यका उम्मेदवारहरु देवराज रिमाल, तुलसा अधिकारी, सपना बिक , नरबहादुर भ्लोन लगाएतको उपस्थिति रहेको थियो ।