हेटौंडा– राक्सीराङ गाउँपालिकाकाे राहत काेषमा हेटौंडाकाे आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालिले दुईलाख रूपैयाँ सहयोग गरेकाे छ । कोरोना संक्रमणका कारण भोकमारीको चपटेमा परेको खबर पाए पछि कम्पनीले दुइलाख सहयाेग उपलब्ध गराएकाे हाे ।

कम्पनीका ञ्चालक राजेश भेटावलले गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुईलाख रुपैयाँ सहयोग उपलब्ध गराएकाे जानकारी दिनुभयाे । हामीले अति सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको राक्सीराङ गाउँपालिकामा भोकमारी फैलिएको खबर पाएपछि सामाजिक दायित्व निर्वाह गरेका हौं ।’, कम्पनीका ञ्चालक भेटवालले भन्नुभयाे । गाउँपालिकाले गरेको अपिल अनुसार सहयोग उपलब्ध गराइएको बताउनुभएकाे छ । गाउँपालिका अध्यक्ष राजुकुमार मल्ले लकडाउनका अवधि बढ्दा गाउँमा भोकमारीको अवस्था सिर्जना भइसकेको भन्दै केहि दिन अघि सहयोगको अपिल गर्नुभएकाे थियाे । मल्लले करिब १५ सय घरधुरीका दैनिक ज्यालामजदुरी गरेर खाने परिवारमा खाद्य संकट देखा परिसकेको भन्दै सहयाेगकाे अपिल गर्नुभएकाे थियाे ।