मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २७ साउनमा लिने विश्वासको मतमा तीन बुँदे ह्वीप जारी गरेको छ । ह्वीपअनुसार सबै सदस्य अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मतदान गर्नुपर्नेछ ।
दलको बैठकले ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय अनुशासन समिति गठन गरेको छ । बानियाँ पक्ष भैंसेपाटीमा बैठकमा बस्दा, असन्तुष्ट निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले काठमाडौंमा छुट्टै बैठक गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने तयारी गरेको छ ।