मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख एवम् नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले एमाले मकवानपुरका जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिवलाई आज स्वागत गर्नुभएको छ । प्रमुख खुलालले अध्यक्ष बद्रि लम्साल, उपाध्यक्ष गोपाल श्रेष्ठ, र सचिव एकलाल श्रेष्ठलाई सफल कार्यकालको शुभकामनासहित स्वागत गर्नुभएको हो ।

No description available.

शनिबार (हिजो) बसेको एमाले मकवानपुर जिल्ला कमिटीको बैठकले अध्यक्षमा लम्साल, उपाध्यक्षमा श्रेष्ठ, सचिवमा श्रेष्ठ, उपसचिवबमा लालबहादुर थापा सहित ३२९ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो । सो अवसरमा प्रमुख खुलालले नव गठित कमिटीलाई कार्यकालको शभकामना व्यक्त गर्नुभएको थियो । स्वागत कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एवम् एमाले बागमती प्रदेश कमिटि सदस्य एकराज उप्रेतीलगायतको सहभागिता थियो ।