सांकेतिक तस्वीर

मकवानपुर – मकवानपुरमा भिरबाट लडेर र अरिङ्गालको टोकाइबाट दुइजनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदीमा भिरबाट लडेर र अरिङ्गालको टोकाइबाट दुइजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
भिमफेदी गाउँपालिका–६ सुरुङ खोलास्थित भिरबाट लडेर जुरीखेत बस्ने अन्दाजी ३१÷३२ वर्षीया समिता राना मगरको मृत्यु भएको कार्कीले बताउनुभयो । बुधबार दिउँसो घरदेखि करिब एक किलोमिटर पर पाखामा घास काट्न गएकी मगरको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तानको अरिङगालको टोकाइबाट मृत्यु भएको छ । बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले टोक्दा गम्भीर बिरामी भएका थिए । उहाँको उपचारको क्रममा आज बिहान चितवनको अस्पतालमा मृत्यु भएको प्रहरी नाउव उपरीक्षक कार्कीले बताउनुभयो ।