प्रहरी हिरासतमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । अनुसन्धानका लागि थप समय आवश्यक भएकाले प्रहरीले मागेको समयमा  जिल्ला अदालत काठमाडौँले आज खेलाडी लामिछानेलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । खेलाडी लामिछाने असोज २० मा नाबालिका बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।