मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई थप ५० प्याकेट राहत सामग्री प्रदान गरेको छ । यस अघि २० प्याकेट राहत सामग्री प्रदान गरिएकोमा बिहीबार थप ५० प्याकेट राहत प्रदान गरिएको हो ।

जिसस महासंघ बागमती प्रदेशका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामालाई ५० पकेट राहत सामग्री प्रदान गर्नुभएको हो । उद्योग परीसंघ बागमती प्रदेशद्धारा प्रदेश सरकार मार्फत उपलब्ध राहत सामग्रीबाट हेटौंडा उपमहानगरपालिकालाइ यस अघि २० प्याकेट र आज ५० प्याकेट राहत सामग्री प्रादन गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो । उद्योगपरीसंघद्धारा प्राप्त रहत सामग्रीबाट हालसम्म जिसस चितवनलाई १ सय प्याकेट, मकवानपुरको बकैया गाउँपालिकालाई ८४ प्याकेट, हेटौंडा उपमहानगरपालिकालाई ७० प्याकेट, ओम बृद्धाश्रमलाई २० प्याकेट र मामाघर नेपाल मकवानपुरलाई १५ प्याकेट राहत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । उद्योग परिसंघले बागमती प्रदेश सरकार मार्फत १ हजार प्याकेट (१०टन) राहत सामग्री जिसस महासंघ प्रदेश समितिलाई उपलब्ध गराएको रहत समग्रीबाट वितरण गरिएको समेत उहाँले बताउनुभयो ।