हेटाैंडा– देश कोरोना महामारीको दोसो्र लहरबाट आक्रान्त भईरहेको समयमा यस बिरुद्धको लडाईमा सहयोग गर्ने उद्धेश्यले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको प्रभाव न्युनिकरण गर्ने अभिप्राय सहित ३ थान अक्सिमिटर, २ थान नेबुलाईजर, १ थान थर्मल गन, १५ थान फेस सिल्ड, ८०० थान मास्क , १० लिटर स्यानिटाईजर, १०० थान ग्लोब्स हस्तान्तरण गरिएको मकवानपुरगढि फेकोफनका स्थानिय परियोजना संयोजक सुशन दहालले जानकारी दिनुभयो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्षविदुर हुमागाईले फेकोफनको सहयोग सराहनिय रहेको भन्दै सबै एकजुट भएमामात्र यस महामारी बिरुद्धको लडाईं जित्न सकिने बताउनुभयो ।
फेकोफन बाग्मति प्रदेश सचिवालय सदस्य रामहरि चौलागाईले सोमबार गाउँपालिकाकाअध्यक्षविदुर हुमागाईको कार्यकक्षमा उक्तस्वास्थ्य सामाग्रीहस्तान्तरणगर्नुभएको थियो । कार्यक्रममा फेकोफन मकवानपुरका अध्यक्ष साधुरामचौलागाई , फेकोफन महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी , हेटौंडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनि, स्वास्थ्य शाखा प्रमुखधु्रव लामिछाने लगायतकोउपस्थिती थियो ।