मकवानपुर– पुल बनाउने क्रममा खोला थुनिएको कारण हेटौंडा उपमहानगरपालिका–९ स्थित मकवानपुरकै प्रसिद्ध धार्मिक पर्यटकिय स्थल कुश्माण्ड सरोवर त्रिबेणीधाम बगाउने खतरा बढेको छ । पुल निर्माणकालागि थुपारिएको ग्राबेलका कारण खोलाको बहाव मोडिँदा धार्मिक पर्यटकिय स्थल कुश्माण्ड सरोवर त्रिवेणीधामलगायत खेती योग्य जमिन समेत बगाउने खतरा बढेको हो ।

हेटौंडा– ९ र १३ जोड्ने कुख्रेनी खोलाको पुल लामो समयसम्म निर्माण नहुँदा बर्षाको समयमा स्थानीयले समेत हरेक वर्ष सास्ति खेप्नु परेको छ । समयमै पुल निर्माणका लागि थुपारिएको ग्राबेल पन्छ्याईएन भने वर्षामा कुष्माण्ड सरोवर लगायत वरपरका खेति योग्य जमिन बगाउने खतरा रहेको कुश्माण्ड सरोवर त्रिवेणीधामका अध्यक्ष ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । “बर्षाको शुरूवात भएको छ, पुल निर्माणका लागि खोला थुन्दा खोलाको बहाव अर्को तर्फ मोडिएका कारण धामलाई खतरा बेको छ ।” –उहाँले भन्नुभयो । उक्त विषयमा प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालालाई ध्यानाकर्षण समेत गराईएको उहाँले जानकारी दिनुभयो ।

पुल निर्माण हुन लागेको ७ वर्ष भईसकेको र ढलान गर्ने भनेर खोला थुन्दा ठूलो बर्षात हुने बित्तिकै नजिकको बस्ती, कुष्माण्ड सरोवर त्रिवेणीधाम, र खेति योग्य जमिन समेत बगाउने खतरा भएकाले प्रमुख जिल्ला अधिकारीलाई धामको संरक्षण गराई दिन पत्राचार समेत गरिएको उहाँले बताउनुभयो । लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीयलाई सास्ती त छदैँ छ, पुल निर्माणका लागि खनिएको खाल्टोमा समेत बारम्बार दुर्घटना समेत हुने गरेको छ । यस केहि दिन अघि पुलका लागि खनिएको खाल्टोमा परि एक युवकको ज्यान गएको थियो । भने केहि दिन अघि खोलाले कार समेत बगाएको थियो । त्यसैले उक्त पुल निर्माणका लागि निर्माण कम्पनीलाई दवाव दिने वा तथ्काल उक्त क्षेत्रको ग्राबेल व्यवस्थापन गरेर खोलाको बहावलाई नियमित गर्न जरुरी छ ।