मकवानपुर – हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको खेलमा सि डिभिजन लिग बागमती युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै शेर्पाले क्वाटरmाईनलको यात्रा तय गरेको हो ।
निकै नै प्रतिष्पर्धात्मक खेलमा शेर्पालाई जित दिलाउन खेलको ३७ औं मिनेटमा यमिले र ६४ औं मिनेटमा निशान लिम्बुले गोल गरेका थिए । भने, वागमतीको तर्फबाट सनम धिमालले खेलको ६५औ मिनेटमा सान्त्वना गोल गरेका थिए । अब शेर्पोले फाइनल प्रवेशका लागि एडिभिजन टोली फ्रेण्डस् क्लबको सामना गर्नेछ । खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बू हुँदै नगर १० हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा भोली बुधबारदेखि क्वाटरफाइलनका खेलहरु हुने आयोजक जिल्ला फुटबलले जनाएको छ । पहिलो क्वाटरफाइनलमा भोली क्यामरुनी टोली एभिनियर एफसी र बीरगञ्ज यूनाईटेड भिड्ने छन् । बीरगञ्जले प्रिक्वाटरमा एडिभिजन टोली एनआरटी क्लबलाई पराजित गरेको थियो । भने, एभिनियरले सिधै प्रतियोगिताको अन्तिम आठमा स्थान पाएको हो ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ, भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् । यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । मकवानपुरका १० वटा स्थानीय तहको सहयोगमा आयोजित प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।