सांकेतिक तस्विर

मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर बेपत्ता भएका ललितपुर घर भएका १९ वर्षिय सितब बडाल मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो पौडी खेल्न आएका बडाल खोला छेउमा बस्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए ।
उनको शव बेपत्ता भएको स्थान भन्दा एक सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । प्रहरीका अनुसार बेपत्ता भएका बडालसहित ६ जनाको टोली घुम्न आएका थिए । बेपत्ता भएका युवकको प्रहरी र स्थानीयको समन्वयमा खोजी गरेको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी परिचालन भएको उहाँले बताउनुभयो ।