File photo

हेटौंडा । मकवानपुर प्रहरीले ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागुऔषध ब्राउन सुगरसहित हेटौंडा–२ चाईनाक्वाटर बस्ने ३४ वर्षीय निरन्जन घिमिरेलाई पक्राउ गरेकाे हाे । घिमिरेलाई करिब ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३८९५ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।