सांकेतिक तस्वीर

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित पर्यटकीय स्थल लटरम्मेश्वर माहादेव मन्दिर परिसरमा शव फेला परेको छ । शनिबार मन्दिर परिसरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
शनिबार उक्त स्थानमा घुम्न पुगेका मानिसहरुले शव देखेपछि र प्रहरीलाई खबर गरेकोे घिमिरेले बताउनुभयो । घटनास्थलमा अहिले घिमिरेको कमाण्डमा प्रहरी खटिएको छ । शवको अहिलेसम्म पहिचान नखुलेको र प्रारम्भिक बुझाई अनुसार शव ३–४ दिन अगाडीको हुन सक्ने घिमिरेले बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेर शव पोष्टमार्टममा लागि हेटौंडामा ल्याइने घिमिरेले बताउनुभयो ।