बन कर्यालयले भत्काएकाे नयाँ विध्यालय भवन ।

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरको पुर्वी बकैया गाउँपालिका–१ स्थित विद्यालयहरुको अनुगमन गर्नुभएको छ । प्रमुख खुलालको नेतृत्वमा गएको जिससको टोलीले बकैया–१ का दुईवटा विद्यालयहरुको मंगलबार अनुगमन गरेको हो ।

सरस्वती आधारभुत विद्यालयमा ४ कोठे भवन ।

टोलीले भुकम्प पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना ईकाई (शिक्षा) को सहयोगमा निर्माण भईरहेको सरस्वती आधारभुत विद्यालयको चारकोठे पक्की भवन र वन कार्यालयले भत्काएको वनदेवी आधारभुत विद्यालयको अनुगमन गरेको हो । भुकम्प पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना ईकाई (शिक्षा) को सहयोगमा विद्यालय व्यवस्थापन समिति मार्फत सरस्वती आधारभुत विद्यालयमा ४ कोठे भवन र शौचालय निर्माण भईरहेको छ । बकैया गाउँपालिकाकै बिकट स्थानका रुपमा रहेको वडा नम्बर १ स्थित सो विद्यालय भवन ६८ लाख ३९ हजार र शौचालय १४ लाख २८ हजारको लागतमा निर्माण भइरहेका छन् । अनुगमनका क्रममा प्रमुख खुलालले विकट स्थानमा विद्यालय निर्माणले यस भेगका बालबालिकालाई अध्यन अध्यापनमा थप सहजता मिल्ने बताउनुभयो । उहाँले विद्यालय निर्माणमा व्यवस्थापन समिति, गाउँपालिका सबैलाई उचित ध्यान दिन सुझाव समेत दिनुभयो ।

वनदेवी आधारभुत विद्यालयको पुरानो टहरा (काठकाे) र निर्माण हुन लागेको नयाँ भवन (फलामे ट्रष्ट)।

त्यस्तै टोलीले डिभिजन वन कार्यालय हेटौंडाले भत्काएको बकैया–१, हाँडी स्थित वनदेवी आधारभुत विद्यालयको समेत स्थलगत अनुगमन गरेको हो । वन कार्यालयले भवन भत्काईदिए पछि विद्यार्थीहरु पढ्नबाट बञ्चित भएपछि जिसस प्रमुखसहितको टोली अनुगमनमा गएको हो । सो क्रममा उहाँले आवश्यक समन्वय गरेर विद्यालय निर्माणको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । पढ्न पाउने अधिकारबाट बालबालिकाहरु ब्ञ्चित हुन नहुने उहाँको भनाई थियो ।
कक्षा तीन सम्म अध्यन हुने विद्यालयको पुरानो टहरा र निर्माण हुन लागेको नयाँ भवन समेत वन कार्यालयले भत्काइदिएपछि उक्त विद्यालयमा अध्यनरत एक सय ७ जना विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन । डिभिजन वान कार्यालय हेटौंडाका प्रमुखको नेतृत्वमा गएको टोलीले विद्यार्थीहरु अध्यन गरिरहेको पुरानो टहरा तथा भुकम्प पुनर्निर्माण प्राधिकरण शिक्षा मार्फत निर्माण हुन लागेको ट्रस्ट विल्डीङ समेत भत्किएपछि विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन् । वन कार्यालयले वन क्षेत्र भनेर विद्यालय भत्काएको भए पनि उक्त क्षेत्रमा कुनै पनि रुख बिरुवा छैन् । वन कार्यालयलले पुरानो टहरा नजिकै बनाउन लागिएको नयाँ भवन वन क्षेत्रमा पर्छ भन्दै आएको छ । तर गाउँपालिकाका अधिकांश क्षेत्र नै बनक्षेत्र वा ऐलानीमा बसोबास गरिरहेको अवस्थामा अन्य व्यक्तिगत वा सार्वजनीक संरचना हटाउन नसक्ने वन कार्यालयले विद्याल भवन भने किन भत्कायो भन्ने प्रश्न उत्पन्न भएको छ । टाेलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका अध्यक्ष दामाेदर खनाल, उपाध्यक्ष सरला बाेलखे, समन्वय अधिकारी आन्नदराज पाेखरेल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्षमण पुडासैनीलगायतकाे सहभागिता थियाे ।