निशा गुरुङ÷हेटौंडा
उनी त्यतिबेला पार्टीमा प्रवेश गरेका भने थिएनन् । जुनबेला उनको पार्टी ‘पछाडि पारिएका वर्गको मुक्तिका लागि’ भनेर बन्दुकसहित लडाँईमा होमिएको थियो, देशमा परिवर्तन ल्याउनुपर्छ भनेर साथीभाइले जाउँ भनेपछि उनी पनि लागे त्यतै । उनी साथीभाइसँग झोलामा बम र राइफल बोकेर हिँड्न सुरु गरे । कति दिन खाना नखाई जंगलको बास भयो । एकछिन आराम गर्न लागे ‘कमरेड झोला बोकेर हिँडिहालौं’ भन्दै योद्धाहरु कराउन थाल्थे । अनि भोकभोकै झोला बोकेर हिँड्थे उनी ।
झोलाभरि माओबादी साथीभाइले बनाएका बम र बारुद हुन्थ्यो । यसो तार जोडेर पड्काइ हाल्नुपथ्र्यो । अढाइ वर्षसम्म उनी त्यसरी नै झोला बोकेर हि“डे । तर, आफूले उठाएको बन्दुकले मुलुकमा परिवर्तन र मुक्तिको टुंगोमा पुग्न नसकेपछि बन्दुक बोकेका उनी पुरानै परम्परामा फर्किेए । पछि, सबै छाडेर चितवनमा मजदुरी गर्न थाले । मजदुरी गर्दैगर्दा ‘जनयुद्ध’ मा मारिएका साथीहरु र आफूले गरेका संघर्षका सम्झनाले सताउन थाल्यो । र, बिस्तारै उनले मानसिक सन्तुलन गमाउन पुगे ।
‘जनयुद्ध’ कालमा बन्दुक बोकेर लडेका रौतहटका लडाकु रघु अछामी आजभोलि मानवसेवा आश्रम हेटौंडामा अभियन्ता छन् । जब माओबादी लडाईं शुरु ग¥यो, त्यसपछि अछामीजस्ता सयौं मानिस युद्धमा होमिएका थिए । उनलाई मानवसेवा आश्रमका अभियन्ताहरुले चितवनको खोलाकिनारबाट उद्धार गरेको थियो । उनी ४ वर्षदेखि आश्रममा आश्रित छन् । उद्धार गर्दा उनको मानसिक सन्तुलन ठीक नभएको र आफू को हुँ र घर कहा“ हो भन्नेसमेत थाहा नभएको आश्रमले जनाएको छ ।
उनी कोहीसँग नबोल्ने र आश्रमबाट भाग्न खाज्थे । उनलाई मानवसेवा आश्रमले उपचारपछि नियमित औषधिसेवन गराएको थियो । करिब २ वर्षपछि उनी निको हुनथाले । र, बिगतका सम्झना क्रमशः कोट्याउन थाले । उनले हाल धेरैजसो प्रचण्ड र बाबुराम भट्टराईका कुरा गर्ने गरेका छन् । जनयुद्धमा लागेका बेला कब्जा गरेको सम्पत्ति बाबुराम भट्टराईले शहीद परिवारलाई बाँडफाँट गर्ने कुरा गर्दा प्रचण्डले मुन्टो हल्लाउने हुनाले हाल पार्टी छुट्टिएर बाबुराम नया“ शक्तिमा र प्रचण्ड डा“डामा बसेर हेर्न थालेको उनी बताउँछन् ।
‘१० वर्ष युद्ध गरेको बेकार भयो । के काम लाग्यो र,’ उनी आश्रमका कामबाट फुर्सद् मिल्नासाथ जनयुद्धकै कुरा निकाल्छन् । माओबादीले कतिलाई मारे, कतिलाई घाइते बनाए, कतिको बिजोग भएर बसेको र ती पीडितलाई कुनै नेताले नहेरेको उनको टिप्पणी छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ उनी भन्छन्–नेताहरुले हेर्नुस्त कानमा तेल हालेर बसेका छन् । पीडितलाई नेपालमा केही छैन । सबैको बिजोग भएको भन्दै उनी चिन्तित छन् । शारीरिक अशक्तलाई सहयोग गर्नुपर्नेमा बाबुराम–प्रचण्ड कुर्सीको पछि लाग्न नै व्यस्त छन् । परिवारमा कोही नभएका अछामी आश्रममा अभियन्ताका रुपमा काम गर्दै आएका छन् । उनी विहानै उठेर भकारो फाल्ने, अशक्तलाई अप्ठेरो परे साथ दिने र फूलबारीमा पानी हाल्ने र सरफाइ गर्ने गर्छन् । उनले बा“की जीवन आश्रममै सेवा गरेर बिताउने बताए ।