हेटौंडा – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका भ्रातृ संगठनले हेटौंडामा विहीबार एमसीसी परियोजनाको विरोधमा प्रदर्शन गरेका छन् । सत्तारुढ दल अमेरिकी सहयोग एमसीसी परियोजना सदनबाट पास गर्ने तयारीमा रहेको समयमा हेटौंडामा नेकपा (एस)को भ्रातृ संगठन युवा संघ नेपाल र माओवादीको वाईसीएल नेपालले त्यसको विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएको हो । हेटौंडा बुद्धचोकमा उनीहरुले संयुक्तरुपमा प्रदर्शन गर्दै सांकेतिक विरोध तथा र्याली समेत निकालेका थिए । उनीहरुले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने भन्दै विरोध तथा र्याली आयोजना गरेका हुन् ।