”स्वास्थ्य र सुन्दर संसार स्तनपान एक मात्र आधार” भन्ने नाराका साथ भोलि देखि विश्व स्तनपान सप्ताह मनाउँदै छ । स्वास्थ्य सेवा विभागले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी विश्व स्तनपानका अवसरमा सबै प्रदेश र स्थानीय तहहरूले जनचेतनाका विभिन्न कार्यक्रमहरू गर्ने जानकारी दिएको हो ।
कोरोना भाइरसको महामारीका कारण यस वर्ष विभिन्न सञ्चार माध्यमहरू मार्फत स्तनपानको महत्त्वका बारेमा सूचनाहरू सम्प्रेषण गर्ने, माईकिङ् गर्ने, सार्वजनिक स्थलहरूमा सूचनामूलक बोर्ड तथा ब्यानरहरू राख्ने लगायतका कार्यक्रमहरू गरिने विभागको पोषण शाखाका प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो । शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने गर्नाले बच्चामा रोगसँग लड्ने क्षमता विकास हुने र हालको बाल मृत्युदरमा १३ प्रतिशतले कम गर्न सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म संसार भर विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ ।