त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यही माघ १५ गतेबाट ट्रान्सक्रिप्ट लगायतका अन्य सेवाको काम अनलाइनमार्फत गर्नसक्ने भएका छन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय कार्यालयहरूबाट दिइने सेवा अनलाइमा आधारित बनाउने निर्णय गरेको हो ।
अनलाइन सेवा अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने पनिकाको जनाएको छ । यसका लागि ई-पेमेन्टको सुविधा समेत हुने बताइएको छ । यसको कार्यान्वयन विधिसहित विस्तृत जानकारी भने माघ १० मा पनिकाको वेबसाइटमा राखिने पनि बताएको छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।












