मकवानपुर– बागमती प्रदेश लोकसेवा आयोगले आगामी १७ र १८ गतेका लागि तोकोको परीक्षा कार्यक्रम स्थगन गरेको छ । प्रदेश लोकसेवा आयोग परीक्षा संचालन शाखाका निमित्त सचिव भोला दाहालद्वारा जारी सूचनामा बैशाख १७ र १८ गतेका दिन खुला/समावेशी एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन ÷लेखा समुह ,सहायकस्तरको चौथो/सह–लेखापाल पदको दोस्रो चरणको लिखित परीक्षा अर्को सूचना नभएसम्म स्थगन गरेको उल्लेख गरिएको छ ।