नेकपा एमालेका सांसदले फेरि पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । आज मङ्गलवार केहीबेरका लागि बैठक चल्न दिएका नेकपा एमालेका सांसदहरूले सय किलो सुन तस्करीको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि फेरि संसद् अवरुद्ध गरेका हुन् ।
एमालेले संसद् अवरुद्ध गर्नुअघि विभिन्न दलका नेताले बोलेका थिए भने गृहमन्त्री श्रेष्ठले पनि जवाफ दिनुभएको थियो । तर फेरि पनि एमालेका सांसदले सिटबाट उठेर नाराबाजी गर्दै बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयाे ।