file photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमान्डौं जोड्ने छोटो दुरीको दुबै सडक सञ्चालनमा आएको छ । गएरातीबाट परेको पानीका कारण पहिरो जाँदा अबरुद्ध भैसे–भीमफेदी र कान्तिराजपथ सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाउको छ ।
पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी–फाखेल–काठमान्डौं सडक खण्डको भीमफेदी–२ मा गएको पहिरो पन्छाएपछि सडक पनि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताउनुभयो । यस्तै अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ पनि संचालनमा आएको छ । कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका–११ लामराङमा पहिरो खसेको थियो । सडक डिभिजन कार्यालय हेटौंडाको दुई वटा डोजर प्रयोग गरेर पहिरो पन्छाइएसँगै सडक खुलाइएको उहाँले बताउनुभयो । पहिरो पन्छाएर सडक सुचारु भएसंगै रोकिएका सवारीहरु गन्तव्यतर्फ जान थालेको प्रहरीले जनाएको छ ।