हेटौंडा– हेटौंडा उपमहानगरपालिकाका डाक्टर सागर काफ्लेले आफ्नो जन्मदिन चेपाङ बालबालिकासंग मनाउनु भएको छ । उहाँले जन्मदिनको अवसर पारेर ३० जना चेपाङ बालबालिकालाई न्यानो कपड़ा सहयाेग गरेर आफ्नो जन्मदिन मनाउनुभएकाे हो । हेटौंडा १९ का चेपाङ बालबालिकाहरुलाई जन्मदिनको अवसरमा उहाँले सहयोग गर्नुभएकाे हो । आफुले थोरै भएपनि सामाजिक क्षेत्रमा बालबालिकालाई सहयोग गर्न पाउदा खुसी लागेकाे उहाँले बताउनुभयाे ।