हेटौँडा । राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य दिपकबहादुर सिंहले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि उम्मेद्वारी दर्ता गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सिंहले उम्मेद्वारी दर्ता गरेका हुन् ।
राप्रपाले मकवानपुरमा उम्मेदवारको टुंगो लगाउँदै मकवानपुर १ मा सिंहलाई टिकट दिएको हो। सिंहले गत स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा २० हजार बढी मत ल्याएका थिए। राप्रपाबाट मकवानपुर क्षेत्र नम्बर–२ मा भने राजन मैनालीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी प्रदेशहरुमा पनि राप्रपाका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।