हेटाैंडा– कोरोना भाइरसबाट नेपालमा आज थप १ हजार ४ सय ५४ जना संक्रमित भएका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आज १० हजार ७ सय १ वटा नमूना परीक्षण गर्दा १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
आज ४६ जिल्लाका ४ सय ६३ जना महिला र ९ सय ९१ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको काठमाडौमा आज एकै दिन ६ सय २० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौ जिल्लामा मात्रै आज १ सय ९४ जना महिला तथा ४ सय २६ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी उपत्यकाका बाँकी २ जिल्लाहरू भक्तपुर तथा ललितपूरमा आज ३८र३८ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै रुपन्देहीका १ सय २ जना, चितवनका ७४ जना, कैलालीका ६७ जना र मकवानपुरका ५४ जनामा संक्रमण पुष्टि भएको छ । बाँकी जिल्लाहरूमा भने आज थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ । यस्तै रुपन्देहीका १ सय २ जना, चितवनका ७४ जना, कैलालीका ६७ जना र मकवानपुरका ५४ जनामा संक्रमण पुष्टि भएको छ । बाँकी जिल्लाहरूमा भने आज थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ ।
त्यस्तै नेपालमा आज थप ९ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल सम्म ३६ हजार ६ सय ७२ जना संक्रमण मुक्त भएको र निको हुने दर ७० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । देशभरीमा गरी आज १४ हजार ९ सय २५ जना संक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ६ हजार ६ सय ३४ जना होम आइसोलेसन तथा ८ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी गम्भीर लक्षण भएका १ सय ७० जना संक्रमितको आईसियुमा र २५ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै आज थप ५ जनाको मृत्यु भएपछि हाल सम्म कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ । आज मोरङकी एक महिला तथा महोत्तरी, धनुषा, काठमाडौ र नवलपरासीमा १–१ जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।