मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडा–८ कमाने स्थित निर्माण हुन लागेको निजानन्द धाम पार्कको आज शिलान्यास गर्नुभएको छ । श्रीकृण प्रणमी सेवा समिति नेपाल, जिल्ला कार्यसमिति मकवानपुर र निजानन्द प्रतिष्ठानले हेटौंडा–८ कामने, राजपानी स्थित बन्ने पार्कमा निर्माण हुन लागेकाे प्रर्दशनी भवनकाे उहाँले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।

निर्माणधिन पार्कमा बागमती प्रदेश सरकारको २ करोड रुपैया आर्थिक सहयोगमा निर्माण हुनलागेको सभाहलसहितको भवनको उहाँले आज शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रमुख खुलालले धार्मिक पर्यटकिय स्थलका रुपमा उक्त क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मकवानपुरमा थुप्रै स्थानहरु धर्मिक पर्यटकिय स्थलका रुपमा विकासको सम्भावना रहेको भन्दै त्यस्ता स्थानहरुको क्रमश विकास गर्दै जानु पर्ने समेत बताउनुभयो । उहाँले प्रदेश सरकारको सहयोगमा निर्माणहुन लागेको भवन गुणस्तरीय र समयमै सम्पन्न होस भन्ने कामना समेत गर्नुभयो ।

प्रमुख खुलालले बागमती प्रदेश सरकारले मकवानपुरका पर्यटकियलगायत अन्य विभिन्न क्षेत्रको विकासमा चासोका साथ काम गरेको बताउनुभयो । अन्तराष्ट्रिय रंगशाला, बुहप्राविधिक विश्वविद्यालय, सुरुङमार्ग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका काम सम्पनन भएपछि मकवानपुर जिल्लाकै विकासले ठुलो फड्को मार्ने उहाँको भनाई थियो । उहाँले अबको केहि वर्षमा मकवानपुरको विकासमा कायापलट हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रमुख खुलालले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अग्रगामी सोच र सकृय भुमिकाले नै यो सबै सम्भव हुन सकेको समेत बताउनुभयो । उहाँले प्रदेशका मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेललाई पाउनु मकवानपुरबासी हामी सबैका लागि सौभाग्यको कुरा भएको उहाँले बताउनुभयो ।
३ बिगाहा छेत्रफलमा फैलीएको पार्कमा सभाहलसहितको ३ तले (प्रर्दशनी भवन) निर्माणका लागि प्रदेश सरकारले २ कारोड आर्थिक सहयोग गरेको हो । धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्य राखेर पार्कको विकास गर्न लागिएको बताईएको छ । निजानन्द प्रतिष्ठानका अध्यक्ष श्रीराम खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा ८ नम्बर वडाअध्यक्ष गोपाल बहादुर श्रेष्ठ, कृष्ण प्रणमी सेवा समितिका केन्द्रिय सदस्य रामकृष्ण तिवारी, बद्री प्रसाद चौलागाई, जिल्ला अध्यक्ष अर्जुन वाग्ले, सचिव मोहन बास्कोटा, सहयोगि मन नेपालका अध्यक्ष केदार चौलागाईलगायतको सहभागिता थियो ।

प्रमुख खुलालले आजै हेटौंडा–८ कमाने स्थित शुभम पाट्री प्यालेसमा सञ्चालित आइसोलेसन वार्डको अनुगमन गर्नुका साथै आइसोलेसन वार्डमा बसेका बिरामीहरूकाे स्वास्थय अवस्थाका बारेमा जानकारी लिनुभएकाे थियो ।