मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख एवम् नदिजन्य तथा खानी जन्य जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलालले विपद व्यवस्थापन समितिको निर्णय अनुसार नदिजन्य पदार्थको व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार हेटौंडा उपमहानगरपािलका र मनहरी गाउँपालिकाका विभिन्न विपद जोजिम युक्त क्षेत्रको अनुगमनका क्रममा उहाँले विपद न्यनिकरण हुने गरि विपद व्यवस्थापन समितिको निर्णय अनुसार काम गर्न निर्देशन दिनुभएको हो ।

शुक्रबार प्रमुख खुलालको ससंयोजक्त्वमा गएको टोलीले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपािलकामा विपद व्यवस्थापन समितिद्धारा निर्णय भएर व्यवस्थापन भईरहेका क्षेत्रमा अनुमगन गरिएको हो । टोलीले हेटौंडा–१९ सान्नानटार क्षेत्र र मनहरी गाउँपालिकाकाे लोथर खोला क्षेत्रमा अनुगान गरेको हो । विपद व्यवस्थापन समितिले उक्त क्षेत्रमा विपद जोखिमको सम्भावनालाई मध्येनजर गर्दै नदिजन्य पदार्थको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार सो क्षेत्रमा स्थानीय तहहरुले नदिजन्य पदार्थको व्यवस्थापनको काम गरिरहेका छन् । अनुगमनका क्रममा उहाँहरुले विपद व्यवस्थापन समितिको निर्णय अनुसार नै काम गर्न निर्देशन दिनुभयो । अनुगमन टोलीमा मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकाका कर्मचारी, प्राविधिक लगायतको सहभागिता थियो ।