हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडादेखि काठमाडौं जोड्ने छोटो मार्ग अन्तर्गत कुलेखानी–फाखेल सडकखण्ड आज शनिबारदेखि एक महिनाका लागी बन्द हुने भएको छ । बागमती प्रदेश, यातायात पूर्वाधार विकास निर्देशनालयले आज एक सुचना जारी गर्दै मर्मत सम्भारको लागि सडक एक महिना बन्द गर्न लागेको जानाएको छ ।
प्रदेश यातायात पूर्वाधार निर्देशनालय, यातायात व्यवसायी, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीहरुको शुक्रबार बसेको संयुक्त बैठकले कुलेखानी–फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो । कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गरिने निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेब भण्डारीले जानकारी दिनुभयो । दक्षिणकालि हुँदै सिस्नेरी सडक–खण्डमा भने सवारी सञ्चालन हुनेछ ।