मकवानपुर– राष्ट्रिय बालदिवसको अवसरमा आज बकैया गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको छ । बकैया गाउँपालिकाको आयोजनामा माध्यमिक तह स्तरीय र बालमैत्री स्वयमसेवीकाहरुबीचमा प्रतियोगिता आयोजना गरिएको हो ।
गाउँपालिकाको आयोजना तथा सामाजिक विकास शाखाको समन्वयमा विद्यार्थीहरु बिच “विपतमा बालअधिकारको सुनिश्चिता, हामी सबैको साझा प्रतिबद्धता” भन्ने विषयमा र बालमैत्री स्वयसेवीकाहरुबीच स्थानीय शासनमा बालमैत्री स्वयसेवीकाको भुमिका भन्ने विषयमा प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिमा रहेका १२ वटा विद्यालय मध्ये ७ वटा र १२ जना बालमैत्री स्यमसेवीका मध्ये ८ जनाले सहभागिता जनाएका थिए ।
सहभागि मध्ये माध्यमिकतह तर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई जनही नगद ३ हजार, २ हजार र १ हजार तथा स्वयमसेवी तर्फ क्रमश ५ हजार ३ हजार र २ हजार पुरस्कार समेत प्रदान गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रसासकिय अधिकृत लक्षमण पुडासैनीलगायतको सहभागिता थियो ।