सांकेतिक तस्विर

हेटाैंडा– कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पाँच जना महिला र १० जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ६१ बर्षीया महिला, गोरखाकी ६३ बर्षीया महिला, नवलपरासीकी ६२ बर्षीया महिला, पर्साकी ५५ बर्षीया महिला, र कपिलबस्तुकी ४७ बर्षीया महिलाको मृत्यु भएको हो भने काठमाडौँका ७७, ६२, ७३, ८५, र ७० बर्षीय पुरुष, मोरङका ४० र ७० बर्षीय पुरुष, ललितपुरका ५५ बर्षीय पुरुष, भक्तपुरका ७३ बर्षीय पुरुष, र रामेछापका २३ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो ।