हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा तीन सय ९९ जना महिला र सात सय ७१ पुरुष गरी एक हजार एक सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर आठ सय ७९ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार पाँच सय ७६ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा।डा। गौतमले जानकारी दिनुभयो । यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १५ जनाको मृत्यु भएसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ६० पुगेको उहाँले जानकारी दिनुभयो ।