मकवानपुर– मकवानपुरमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र, प्रादेशिक कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा २६ जना महिला र ३० जना पुरुष गरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भाद्र २८ गते सङकलन गरिएको २ सय ३ स्वाब नमूना मध्ये आज १ सय ८४ जनाको स्वाब नमूना परिक्षण गर्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ५१ जना, थाहा नगरपालिकाका एक जना, चितवनको राप्ती नगरपालिकाका १ जना र रौतहटका ३ जना गरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । त्यस्तै सोही दिन स्वाबको नमूना सङ्कलल गरिएको कोरोना सङ्क्रमितको पुनः परिक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको उहा“ले बताउनुभयो ।