मकवानपुर– हेटौंडा उपमहानगरपालिकामा आज हालसम्मकै  धेरै ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सार्वजनिक रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका ९५ जनामा कोरोना संक्रमणा पुष्टि भएको हो ।
बुधबार र बिहीबार सङकलित १९७ स्वाबसहित २३५ स्वाबको आज गरिएको परीक्षणबाट हालसम्मकै धेरै ९५ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । चौलागाइका अनुसार यो संख्या मकवानपुरमा अहिलेसम्मको धेरै भएको चौलगाईले बताउनुभयो । शुक्रबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि हेटौंडा–१० मा १३, हेटौंडा–४ मा १२ र कर्मचारी ३९ जना रहेका छन् । भदौ २४ र २५ गते संकलन गरिएको १९७ जनाको स्वाब परीक्षण गर्दा ९५ जनामा संक्रमण पुष्टि भएको छ ।