मकवानपुर – मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (१) मा गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश उपाध्यक्ष रहेका पुलामीले नेकपा एमालेका उम्मेदवार कमलबहादुर विष्टलाई पराजित गरेका हुन् ।
पुलामीले १९ हजार ७१९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार विष्टले १५ हजार ४३३ मत र राप्रपाका टाकाराज थापाले ७ हजार ७०२ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट पुलामी निर्वाचित भएका थिए । त्यसबेला एमालेको गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए ।