मकवानपुर । मकवानपुर जिल्लाको बिकटमा पर्ने नामटार गाबिस (हाल भिमफेदी गाउँपालिका ९ ) मा जन्मेका महेश बर्तौला । आमा सानुमाया बर्ताैला र बुबा गोविन्द बर्तौलाका सन्तान महेश सानै देखि नरम स्वभावको ब्यक्ति हुन् । सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मेका महेशको पढाई गाउँकै स्कुलमा भएको थियो ।
वि.सं. २०५३ सालमा कालीका माध्यमिक विद्यालय नामटारबाट आफ्नो राजनीतीक यात्र सुरु गरेका बर्ताैलाले २०५४ र २०५५ सालमा अनेरास्ववियु ईलाका कमिटी तथा निर्वाचनको कमिटीको पदाधिकारीको जिम्मेवारी बहन गरेका थिए । वि.सं.२०५६ सालमा अनेरास्ववियु मकवानपुर जिल्ला कमीटीको सदस्य जिम्मेवारी पाएका उनी वि.सं.२०५८ सालमा मकवानुर जिल्ला कमीटीको सचिव हुदै वि.सं.२०६३ सालमा अनेरास्ववियु नारायणी अञ्चल कमिटीको सदस्य भएका थिए ।
विद्यार्थी राजनीतीसँगै युवा विद्यार्थी माझ लोकप्रियता भईसकेको उनको नामलाई अझ लोकप्रिय बनाईदियो वि.सं २०६० सालमा भएको स्ववियु निर्वाचनले । जति बेला उनी मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य बने । त्यसपछि उनले गरेका कामसँगै विद्यार्थीमाझ अझ लोकप्रिय बन्दै गए सोही लोकप्रियताको जगतमा उनी वि.सं २०६२ र २०६५ मा गरी दुई कार्यकाल मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा निर्वाचित बने ।
वि.सं.२०६५ सालमा विद्यार्थी युनियन काउन्सीलको केन्द्रिय संयोजकमा निर्वाचीत भई एक कार्यकाल काम गर्ने अवसर पाए । सो लगतै वि.सं२०६५ सालमा केन्द्रिय सदस्य निर्वाचीत भएका उनी दुई कार्यकाल केन्द्रिय सचिवालय सदस्य हुदै सचिव उपाध्यक्ष कार्यबहाक अध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेका छन् ।
राजनीतीलाई सेवासँग जोडेर व्याख्या गर्ने बर्तौला २०७२ सालमा गएको भुकम्प प्रभावीत क्षेत्रका जनता समक्ष पुगे हातमा हथौडा बोकेर निर्माणकार्य जुटे, साथै केही राहतका सामान बोकेर पुगेका बर्तौला त्यो समयलाई अझ पनी सम्झदै त्यस्तै सेवा गर्नका लागी अव उम्मेद्वार बनेको र अब त्यो सेवाको मौका पाएको बताउँछन् । हाल बर्तौला नेकपा एमालेको बागमती प्रदेश कमीटी उपसचिव हुन् । तत्कालीन समयमा राजतन्त्र विरोधी आन्दोलनमा लाग्दा धेरै पटक गिरफ्तारीमा परेका उनले धेरै जनपक्षिय आन्दोलको नेतृत्व गरेका छन् ।हाल त्रिभुवन विश्व विद्यालयबाट विद्याबारीधी अध्ययनरत बर्तौला पहिलो पटक संसदीय अभ्यासमा आउने मौका पाएका हुन् ।
एमालेमा रहदा गुरूचेलाको रूपमा रहेका बिरोध खतिवडा र महेश बर्तौला नेकपा एमाले फुटेपछि फरक पार्टीका भए, र अहिले एकै कित्ताबाट चुनावी मैदानमा थिए । एमालेमा रहदा लगातार ४ पटक चुनाव जितेर ‘हार्न नजानेका नेता’ को पहिचान बनाएका खतिवडालाई अन्ततः उनैको चेलाले चुनावी मैदानमा पछारेका छन् ।