अहिले देशका धेरै ठाउँमा घाम लागेको छ । तराईका जिल्लाको मौसम पूर्ण सफा रहेकाे छ भने पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली हटेको छ । योसँगै आकाश खुल्न थालेको छ । अबको तीन दिनसम्म नै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ । काठमाण्डौ उपत्यकामा सामान्य बादलसँगै घाम लागेको छ । तर उपत्यकासहित पहाडी क्षेत्रमा दिउँसोपछि भने मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । मौसमको अन्य प्रणालीको कारण नभइ प्रि-मनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।