मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ अन्तरगत प्रदेश सभा १ मा सत्ता गठबन्धन विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ कुमारी मोक्तानले नेकपा एमालेका उम्मेदवार विष्णु ढकाललाई पराजित गरेकी हुन् ।
मोक्तानले ३२२ मतान्तरमा एमालेका उम्मेदवार ढकाललाई पराजित गराएकी हुन् । मोक्तानले १९ हजार ८७३ मत ल्याउँदा ढकालले १९ हजार ५५१ मत ल्याएका थिए । मोक्तान बागमती प्रदेशको पूर्व समाजिक विकास मन्त्री समेत हुन् । यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर घलेले ३ हजार ७०० मत प्राप्त गरे । कुल ४६ हजार ५३ मत खसेको मकवानपुर २ को १ मा १ हजार ५९९ मत बदर भएको थियो ।