हेटौडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव राज चौलागाईको सरूवा भएको छ । सरकारले प्रमुख प्रशासकिय चौलागाईसहित ४३ जना सहसचिवको सरुवा गरेको हो ।
चौलागाईको राष्ट्रिय दलित आयोगमा सरुवा भएको छ । भने, चौलागाईको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समुहमा रहेका राम बाबु पुरीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले प्रमुख प्रशासकीय अधिकृत चौलागाईसहित संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत ४३ सहसचिवहरूको सरुवा गरेको हो ।