मकवानपुर । मकवानपुरका दुग्ध किशानहरुले बिहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलित गरेका छन् । उद्योगलाई बेचेको दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानले बिहीबार हेटौंडामा आन्दोलन गरेका हुन् ।


जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको अगुवाइमा विभिन्न ठाउँबाट हेटौँडा पुगेका जिल्लाका करिब ६ हजार दुग्ध किसानहरूले विरोध प्रदर्शन गर्दै केहीबेर राजमार्ग समेत अबरुद्ध गरेका थिए । सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम दिएका छैनन् ।
जिल्लाको हेटौंडा १७ र १८ तथा बकैया, बागमती, मकवानपुरगढी गाउँपालिकाका दूध किसानहरु सानोपोखरा चोकमा, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका ५ र ६ नम्बर वडाका किसानहरु चौकीटोलमा, हेटौंडा १९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुलमा, हेटौंडा ७, ८, १२, १३, १४ र १५ तथा मनहरी १ का किसानहरु कर्रा पुलमा भेला भएर बिरोध प्रदर्शन गर्दै हेटौंडा बजारको बुद्धचोकमा जम्मा भई विभिन्न ब्यानर तथा प्लेकार्डसहित र्याली गरेका थिए । किसानहरुको र्याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघबाट चौकीटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा किसानहरुले राजमार्ग अवरुद्ध समेत गरेका थिए ।This image has an empty alt attribute; its file name is %E0%A4%AE%E0%A4%9C%E0%A5%8D%E0%A4%9E-1024x527.jpg

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले मकवानपुरमा मात्रै ६० करोड रुपैयाँ पाउन बाँकी रहेको बताउनुभयो । सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम विगत ६ महिनादेखि बाँकी रहेको कँडेलले जानकारी दिनुभयो ।