हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले जिल्लाको प्रत्यक पालिकास्तरमा दुइ सय बिद्यार्थी अट्ने छात्रावास बनाउने बताउनु भएको छ । नेकपा एमाले हेटौंडा उपमहानगर पालिका वडा नम्बर १ कमिटीको आयोजनामा भएको बैठकलाई संबोधन गर्दै उहाँले बिद्यालय, क्याम्पस टाढा भएका बिद्यार्थीलाई सहजताको लागि छात्रावास निर्माण गर्ने बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र मकवानपुर २ मा नौ देखि १२ कक्षा सम्म पढ्नको लागि घण्टौ लगाएर बिधालय पुग्नु पर्ने बाध्यता रहेकोमा दुख व्यक्त गर्दै उहाँले भन्नुभयो–‘धेरै बिद्यार्थीहरु यहि समस्याका कारण पढाइ छाड्नु पर्ने बाध्यता छ । यसको समाधानका लागि प्रत्यक पालिकास्तरमा दुइ सय बिद्यार्थी अट्ने छात्रावास निर्माण गर्छु।’

सडक संजालको बिकास र पुर्वाधार बिकास गरेर चेपाङ्गका छानोमा फलेका घिरंला नारायणघाटको बजार पुराउने र चुलोको समृद्धि लेराउने बतानुभयो । आर्थिक समृद्धि मार्फत सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्ने प्रतिवद्धता पनि बर्तौलाले व्यक्त गर्नुभयो ।

जनप्रतिनिधि शासक होइनन, नागरिकका सेवक हुन् भन्ने भावलाई बोकेर आफुले काम गर्ने बताउनुभयो । काँग्रेसिहरुका घरमा चारतारे झण्डा छ, बिहान उठेर जय नेपाल भन्छन् तर भोट हाल्न आफ्ना उम्मेदवार नभएको बताउनुभयो । माओबादिहरुको पनि उम्मेदवार नहुँदा युवा उम्मेदवा रोज्न थालेको बाउनुभयो । माओबादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा जनताको बिचमा आएको उहाँले बताउनुभयो ।

युवाहरुको श्रमलाई उत्पादन संग जोड्नेगरी काम गर्ने बताउनुभयो । मकवानपुरको बेजोड उपस्थिती हुनेगरी आफु भुमिका संसद भवनमा रहने बताउनुभयो ।
२० बर्ष संसद भै सकेर सिन्को नभाचेकाले यो बिर्वाचन जितिहाले भने सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकंक्षा पूरा नहुने बर्तौलाले बताउनुभयो ।