हेटौंडा / बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले स्थानीयसँग उनीहरूका गुनासा, समस्या सुन्दै सुझाव समेत लिनु भएको छ । मन्त्री थपलियाको आफ्नो निर्वाचन क्षेत्र राप्ती नगरपालिका १,२ र ३ नम्बर वडाका विकट पहाडी क्षेत्र धमीली, परेवाकोटलगायतका स्थानमा गएर सुझाव लिनुभएको हो ।

मन्त्री भएपछि सर्वसाधारणका अपेक्षा, समस्या र सुझाव सुन्ने गरी निर्वाचन क्षेत्रमा गएको मन्त्री थपलियाले बताउनुभयो । कार्यक्रममा वडास्तरका जनप्रतिनिधिसहित मन्त्री थपलियाले राप्ती ३ मा निर्माण भैरहेको सडकको पनि अवलोकन गर्नुभयो । सर्वसाधारणले खेलमैदान, खानेपानी, शिक्षा, स्वास्थ्य विद्युतिकरण, सरसफाइलगायत विषयमा काम भैरहेको बताएका थिए । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मन्त्री थपलियाले विकट ठाउँलाई थप महत्त्व दिनुभएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
नागरिकका आवश्यकता असीमित भएपनि सीमित साधन र स्रोतमा जनताको सबै काम गराउन सरकार लागेको बताउनुभयो । खानेपानी, स्वास्थ र शिक्षा पछि सडक र बत्तिको बिस्तार गर्ने बताउनुभयो । नागरिकका आवश्यकता, चाहनालाई प्रदेश सरकारले पूरा कतिको पूरा गरेको रहेछ भन्ने पनि जनताको घरमै गएपछी बुझ्न सकिने बताउनुभयो । जनताका सुझावअनुसार बिकास निर्माणका कामलाई सुधार गर्दै अघि बढ्ने उद्देश्य राखेको मन्त्री थपलियाको भनाई थियो।
विकट क्षेत्रमा सडकको सन्जाल जोडीन थालेकोले स्थानीयहरुलाई उत्पादन सङ्ग जोडिन थपलियाको आग्रह थियो । स्थानीय स्तरमा संचालित योजनाहरुको स्थानीयले नै अनुगमन गर्न पनि मन्त्री थपलियाले आग्रह गर्नुभयो । योजनका सन्चालन हुने तर लापरबाही पनि हुन सक्ने तर्फ उहाँले सचेत गराउनुभयो ।