हेटौंडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जनताले जिताएर पठाएकाहरु गठबन्धनको नाममा विनाशको बाटोमा लागेको बताउनुभएको छ । आफू मुख्यमन्त्री हुँदा गृह जिल्लामा बढीभन्दा बढी विकास गरेको जानकारी दिदै पौडेलले सहि मान्छे चिन्ने बेला आएको बताउनुभयो । एमाले सरकारले अनेकौं विकासका कामहरु सुरु गरेकोले पूरा गर्न पनि एमालेकै सरकार चाहिने उहाँको भनाई थियो ।
आज हेटौंडा ९ मा आयोजित एमालेको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सामान्यभन्दा सामान्य उपचार गर्न नसक्ने हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण भएर स्वास्थ्य उपचारको क्षेत्रमा फड्को मार्दै गएको बताउनुभयो । हेटौंडामा बिसौं वर्षदेखि अलपत्र रहेको गौरीटार रंगशालाको काम पनि आफू मुख्यमन्त्री हुँदा सुरु गरेको जानकारी दिनुभयो । नहेटौंडा बहुप्राविधिक महाविद्यालयको काम २० वर्षदेखि काम नभइरहेको अवस्थामा सो काम पनि एमाले कै बलमा अगाडि बढेको स्मरण गर्नुभयो । नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्दै केही ब्यक्त ब्यक्तिहरु म तपाईं नचिन्नुभएको बेमान हो भन्दै गाउँ छिरेकोले हामी सजग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, राप्रपा नेपालका अध्यक्ष तथा मकवानपुर–१ का एमाले उम्मेदवार कमल थापा, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका सदस्य अर्जुन अर्याल, रामचन्द्र अर्याल, निर्वाचन परिचालन समिति वडा नम्बर–९ का संयोजक नरेन्द्र भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।