काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ एक जनामा पुष्टि भएको छ । विदेशबाट आएका ५८ वर्षीय एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिनुभयो । सह प्रवक्ता अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका अन्यलाई कनट्र्याक्ट ट्रेसिङमा राखिएको छ ।