मकवानपुर – मकवानपुरमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ । बुधबार दिउँसो पुर्व-पश्चिम सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०२-०२५ प ३०८१ नम्बरको मोटरसाइकल हेटौंडा-१५ मा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुरकाे बकैया गाउँपालिका-७ का ३७ बर्षका शिब प्रसाद सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमलले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा मोटरसाइकल चालक दोलखा बस्ने ४६ बर्षीय थनक प्रसाद दुलाल घाइते हुनुभएको र उहाँको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । ठक्कर दिने बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।